एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको छ - विप्लव

काठमाडौं - नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभइ देश र जनताको सेवाका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे ।
क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको क्रम अब नरोकिने भन्दै देशको नेतृत्वमा पुग्ने गरि सबैबीच ध्रुवीकरण हुने उनले बताए । विप्लवले दलालहरूको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरू तयार हुनुपर्ने उनको भनाइ छ । उनले समान विचारधारबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रुपान्तरणतर्फ लैजाने बताए ।
उनले ठूला भनिएका दलहरू भित्रको ध्रुवीकरण पनि जनताले हेरिरहेको भएपनि उनीहरूको क्रियाकलापले जनता सन्तुष्ट नरहेको धारणा राखे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो ।

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

प्रतिक्रिया