युवालाई विदेश जानबाट रोक्न रोजगारका अवसर खोजी गर्दैछौँः मुख्यमन्त्री तामाङ
नुवाकोट - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवालाई विदेश जानबाट रोक्न प्रदेश सरकारले गुणस्तरीय शिक्षासहित रोजगारका अवसर खोजी गर्न थालेको बताएका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघको आज बट्टारमा आयोजित १९औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री तामाङले गुणस्तरीय शिक्षाले रोजगारी दिने भन्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखी काम थालिएको उल्लेख गरे ।
उनले विदेश जाने युवालाई रोक्न सरकारले सीप विकाससम्बन्धी योजना बनाइरहेको, रोजगारका अवसर खोजी गरिरहेको र विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए । केही नीति तथा कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ छ ।
“उच्च शिक्षा अध्ययन र रोजगारको खोजीमा नेपाली युवाको विदेश जानुपर्ने बाध्यताप्रति सरकार गम्भीर भएर सरोकार भएकासँग छलफल र सहकार्यमार्फत समस्या समाधान गर्न पहल गरिरहेका छौँ”, मुख्यमन्त्री तामाङले भने, “लहलहै र देखावटीमा जानेलाई पनि स्वदेशमा बस्नुपर्छ भनेर सजग गराउन चेतना अभिवृद्ध गर्ने काम गरिरहेका छौँ ।”
वैदेशिक रोजगार र उच्च शिक्षाको बहानामा युवाहरू विदेश जाने क्रमले गाउँका घरहरू रित्तिएको भन्दै यस समस्यालाई प्रदेश सरकारले गम्भीर रूपमा लिएर समाधान खोजिरहेको मुख्यमन्त्री तामाङले उल्लेख गरे ।

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

प्रतिक्रिया