सामसङले नेपालमा २ नयाँ बिस्पोक एआवाशिंग मशिन सार्वजनिक

काठमाडौँ- सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको
आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ।
स्मार्टथिंगस्एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ। यसका
साथै तपाईँको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन्सुविधाले तपाईँको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँछ।
यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६००एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ।
यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ। दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर,
यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ।
१२केजी लाइन–अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ– डायल कन्ट्रोल छ । यी दुवै मोडलहरूको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ। यस वाशिंग मशिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ ।

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

एनसेल नेपाल सुपर लिग सिजन ३ : 'खल्ती र आइएमई पे' टिकेटिङ पार्टनर

केएल दुगर ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष दुगड…

थापाथली क्याम्पसका विद्यार्थी प्रजेश श्रेष्ठले पाए शंकरलाल अग्रवाल गोल्ड मेडल

चर्चित लोकगायक बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त

मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सकियो

एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ को टाइटल स्पोन्सर

प्रतिक्रिया