शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

गोलरहित भए पछि आर्मी र पुलिसले बाँडे अंक

काठमाडौं - नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन् । 

 एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा दुबै विभागीय टोली गोलरहित बराबरीमा रोकिए पछि अंक बाडेका हुन ।

 आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसके पछि खेल गोलरहित बराबरीमा टुंगिएको हो ।