सुशासन र समृद्धिका विषय आदर्शका रूपमा दिने अभिव्यक्तिमा सीमित भयो - अध्यक्ष दाहाल

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र समृद्धिका विषय आदर्शका रूपमा दिने अभिव्यक्तिमा सीमित हुने देखिएको बताएका छन् ।
आइतबार ललितपुरमा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष दाहालले जुनसुकै दल सरकारमा रहेपनि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले सधैं सुशासन र समृद्धिका कुरा गर्ने गरेको भन्दै उक्त विषय आदर्शका रूपमा दिने अभिव्यक्तिमा सीमित हुने देखिएको महसुस आफूलाई भएको बताएका हुन् ।
सुशासन र समृद्धिका विषय जीवन व्यवहारमा लागू हुने नदेखिएकाले गुनासोहरू धेरै आउने गरेको उनले बताए । उनले आदर्श एउटा विषय भएपनि कार्यान्वयन वा जीवन व्यवहारमा लागू गर्ने विषय फरक–फरक रहेको धारणा राखे ।
सञ्चारमाध्यमले सुशासन र समृद्धिसँग जोडिएर आएका विषयमा देखिएका अन्तर्विरोधलाई खुलस्त राख्नुपर्ने उनको भनाइ छ । अध्यक्ष दाहालले समाज रूपान्तरणको लागि पत्रकारहरूले दिने हरेक समाचार सत्य र तथ्य हुनुपर्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी रहेको जिकिर गरे ।
उनले पत्रकारिता क्षेत्रलाई जवाफदेही र मर्यादित बनाउन आफ्नो तर्फबाट सदैव सकारात्मक सहयोग हुने प्रतिबद्धता जनाए ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया