हेटौँडामा पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

मनहरी- मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ स्थित गौरिटार रंगशालाभित्र ११ करोड ७४ लाख रुपैयाँ लागतमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा ६ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भीभीआइृपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टीभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिए।
त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनले बताए। क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो।
उनका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ। मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो। मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताए।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेटौँडा-६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गरेका थिए। क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुशी व्यक्त गर्दै खड्काले चाँडै यहाँ राष्ट्रियस्तरको खेल खेलाउन सकिने उनले बताए।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन

पहिराले गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकियो

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

नारायणी लिफ्टबाट पानी छोडियो

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको कालोपत्र सकिएपछि खुसियाली

प्रतिक्रिया