आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

एमाले कार्यदलको बैठक सुरु

काठमाडौँ : नेकपा एमालेको विवाद समाधानको लागि गठन भएको कार्यदलको बैठक आज पनि बसेको छ । सिंहदरबारमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलका नेता सहभागी छन् । छलफलमा सर्वाेच्च अदालतले नेकपा एमाले पुनःस्थापना गरिसकेपछि एमालेको संगठनात्मक संरचनाको विषयमा छलफल भइरहेको बताइएको छ । 

‘आजको बैठक सुरु भएको छ,’ कार्यदलका सदस्यमध्येका एक भीम रावलले भने, ‘आज सर्वाेच्चको फैसलापछि पुनस्थापित नेकपा एमालेको संगठनात्मक प्रणाली कस्तो हुने भन्ने विषयमा छलफल हुन्छ ।’ यसअघि मंगलबार बसेको बैठकमा पार्टी विवाद समाधानका लागि कार्यदलका सदस्यहरुले आफ्नो आफ्नो धारणा राखेका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एमालेकै माधवकुमार नेपाल समूहका सांसदले सर्वाेच्चमा हस्ताक्षर बुझाएका छन् । ओली समूहले उक्त हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएको छ । नेपाल समूहले २०७५ जेठ २ अघिको अवस्थामा फर्किनुपर्ने अडान लिएको छ ।