हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार

हमासले इजरायलका २४ बन्दी रिहा गर्न सहमत भएको छ । इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो ।
प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बबिरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाए पछि मध्यपुर्वमा शान्ति छाउन सक्ने अनुमान सुरू भएको छ ।
‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी समूहले बन्दीहरूलाई रिहा गर्न बन्दी आदानप्रदान सम्झौताको पहिलो चरणको एक भागको रूपमा अनुमोदन गरेको छ,’ अज्ञात हमास अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
बन्दीको प्रारम्भिक आदानप्रदानमा गाजामा बन्दी रहेका मध्ये ३४ जना महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीहरू रहने जनाइएको छ । अब युद्धविराम सम्झौता इजरायलको तर्फवाट स्थायी युद्धविराम र गाजाबाट फिर्ता हुने सबालमा कस्तो धारणा राख्छ, अब कैदी आदान प्रदान सोही ब्यावहारमा निर्भर गर्ने जनाइएको छ ।
उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आइतवार हमासले सम्भावित रिहाइका लागि बन्दीहरूको सूची उपलब्ध गराएको बताएको छ। कतारमा युद्धविराम सम्झौताका लागि वार्ता भइरहेका बेला हमास र इजरायल दुबैतर्फवाट सो धारणा आएको हो ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया