आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं- कुमारी बैंकद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको आतिथ्यमा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

युएसएडसँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले हात्तिगौडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जसमा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरुको सहभागीता रहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीराम केसीको उपस्थिीतीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उदेश्य लिएको वडा नं ४ का अध्यक्ष श्रीराम केसीले बताए ।

वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन