कञ्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा सरकारको ध्यानाकर्षण भएको छ - गृहमन्त्री लेखक

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री लेखकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।
यस विषयमा सरकार जानकार रहेको भन्दै कूटनीतिक तवरले समस्या समाधान गर्ने उनले बताए । मन्त्री लेखकले सीमाको विवाद नरहेकाले दुईवटै देशको सहमतिमा सीमा पिलर राख्नका लागि छलफल भइरहेको जानकारी दिए ।
त्यस्तै उनले जाजरकोट लगायत विभिन्न स्थानमा भूकम्पीडितका साथै बाढी पहिरो पीडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै तीव्र रूपमा पुननिर्माणको काम भइरहेको बताए ।
उनले पुननिर्माणको बाँकी कामलाई अघि बढाउन र राहत उपलब्ध गराउन क्षतिको विस्तृत लेखाजोखा गर्नका लागि मापदण्ड पारित समेत गरिएको उल्लेख गरे ।

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

प्रतिक्रिया