लेखा समितिका सभापति पोखरेलका ‘स्वकीय सचिव’ विरुद्ध पक्राउ पुर्जी

विराटनगर - सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।
अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । अनिललाई पक्राउ गर्नका अदालतले अनुमति दिएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाई जानकारी दिए ।
केही दिन अघि मात्रै सभापति पोखरेलले स्वकीय सचिव अनिललाई बर्खास्त गरेका थिए ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया