पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए

बागमती - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा दत्र्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो ।
चालु आवमा दर्ता भएकामध्ये चारवटा उजुरी छलफलका क्रममा रहेको न्यायिक समितिका सचिव मिगमार लामाले जानकारी दिए । उनका अनुसार न्यायिक समितिले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएको आठवटा उजुरीमध्ये पाँचवटा उजुरीको टुङ्गो लगाइएको र दुईवटा उजुरी फिर्ता गरिएको छ । सो गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/७५ देखि नै न्यायिक समिति गठन गरी कार्य गर्दै आएको छ ।
न्यायिक समितिमा आउने अधिकांश उजुरीहरू जग्गा विवाद, ज्याला नपाएको, पालन पोषण तथा बालीनालीमा क्षति पुर्याएको सम्बन्धी रहेको उनको भनाइ छ ।
स्थानीय तहका विवादहरू स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सम्बन्धविच्छेद, जग्गा विवाद, घर भाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेकोलगायत विवादहरू मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ ।
न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिहरूकै सक्रियतामा सम्बन्धित पक्षहरूबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको सचिव लामाले बताए ।
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

प्रतिक्रिया