सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

दुर्घटनामा दुई जनाको मृत्यु

सांकेतिक फोटो

काठमाडौँ - रूपन्देहीको कञ्चन गाउँपालिका–१ रामडाँडामा लु.३ त ४५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–२ मटेरियाका ६० वर्षीय चिन्का चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत गरी दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–११ मेनचोकस्थित सडकमा स.१ त ७८२१ नम्बरको ट्याक्टरले किचेर प्र.१–०५–००१ प ७६८४ नम्बरको स्कुटर चालक रौतामाईं गाउँपालिका–७ मुर्कुची बस्ने ४० वर्षीय बासु खड्काको आज दिउँसो मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका खड्काको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आज प्रकाशित बुलेटिनमा उल्लेख छ ।