भारतको छत्तीसगढमा आक्रमणमा परेर आठ प्रहरीको मृत्यु

नयाँ दिल्ली- मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीद्वारा राखिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विस्फोट हुदाँ आठ प्रहरी र एक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब ४४२ किलोमिटर दक्षिणमा रहेको बीजापुर जिल्लाको बेद्रे–कुत्रु रोडमा आक्रमण भएको हो ।
प्रहरीका अनुसार जिल्ला रिजर्भ गार्डका प्रहरी नक्सल विरोधी अभियानबाट फर्कदै गर्दा उनीहरुमाथि आक्रमण भएको हो ।
टेलिभिजन फुटेजले घटनास्थलमा ठूलो क्रेटर र क्षतिग्रस्त गाडीका टुक्राहरू वरिपरि छरिएका देखाएको छ ।
रायपुरबाट करिब १९२ किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लाको अबुझमद जङ्गल क्षेत्रमा पाँच नक्सलवादी र एक प्रहरीको भिडन्तमा मृत्यु भएको एक दिनपछि यो आक्रमण भएको हो ।
छत्तीसगढका उपमुख्यमन्त्री अरुण साओले प्रहरीको बलिदान खेर नजाने बताउनुभयो ।
“सुरक्षा बलहरू नक्सलहरूलाई भित्र भित्रैबाट हटाउन काम गरिरहेका छन् । नक्सलहरूले निराशामा यो आक्रमण गरेका छन् । प्रहरीहरूको यो बलिदान व्यर्थ जानेछैन,” साओले मिडियालाई बताउनुभयो।
हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलहरू सक्रिय छन् ।
नयाँ दिल्लीले आफ्ना अर्धसैनिक बलका धेरै कम्पनीहरूलाई आफ्नो गढमा नक्सलहरूलाई लड्न खटाएको छ ।
विद्रोहले सयौंको ज्यान लिनुका साथै हजारौं बासिन्दाहरूलाई घरबारविहीन बनाएको बताइएको छ । (सिन्ह्वा)

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया