भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क र सुरक्षित रहनु होला : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन नागरिकलाई आह्वान गरेका छन् ।
केही दिन यतादेखि नेपालमा लगातार भूकम्प गइरहेकाले सुरक्षित हुन प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।
‘हिजोआज बिभिन्न भागमा साना–ठूला भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो आब्हान गरेका हुन् ।
मंगलबार बिहानै ६:५१ बजे पनि काठमाडौँलगायत नेपालका विभिन्न भागमा भूकम्पको ठूलो धक्का महसुस भएको छ । नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौँसहित दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायतका क्षेत्रमा ठूलो धक्का महसुस भएको थियो ।
भूकम्पको धक्का कोशी तथा मधेस प्रदेशमा पनि महसुस भएको छ । चीनको तिब्बत तथा भारतको सिक्किममा समेत भूकम्पको धक्का महसुस भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार भूकम्प ७.१ म्याग्निच्युडको गएको प्रारम्भिक रेकर्डले देखाएको छ ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया