चिनियाँ विदेश मन्त्रालयमा नयाँ प्रवक्ता, दैनिक बिफ्र गर्ने एक मात्र निकाय

बेइजिङ- उत्तरी छिमेकी चीनले विदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेको छ ।
विश्व राजनीति, अर्थ व्यापार र सैन्य शक्तिको हिसाबले विश्वको दोस्रो शक्तिशाली राष्ट्र चीनले विदेश मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त गरेका हुन् ।
चिनियाँ समाचार संस्था चाइना डेलीका अनुसार ३५ औं विदेश मन्त्रालयका प्रवक्ताको रूपमा गुओ जियाकुनले पदभार ग्रहण गरेका छन । सो पत्रिकाका अनुसार ४४ वर्षीय गुओ २३ वर्षदेखि परराष्ट्र मन्त्रालयमा कार्यरत छन् र उनी कूटनीति र सञ्चार दुवै क्षेत्रमा अनुभवी मानिन्छन् ।
‘म चीनको विदेश नीति र चिनियाँ आधुनिकीकरणको अभ्यासलाई समयमै र सही रूपमा व्याख्या गर्न सक्दो प्रयास गर्नेछु,’ गुओले पदभार ग्रहण गरे पछि पत्रकारहरूसँग भने । पत्रकारहरूसँग मिलेर चीनको सही, बहुआयामिक र मनोरम छवि विश्वसामु प्रस्तुत गर्न लागि पर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
विश्व भन्दा बाहिर रहेको र बन्द समाजिक परिपाटी बसालेको चीनले १९८३ पछि मात्रै बिदेश मन्त्रालयमा प्रवक्ता प्रणाली लागू गरेको थियो, यस्तो अभ्यास सुरु गर्ने चीनको पहिलो सरकारी विभागसमेत हो । र, अहिले यो एक मात्र सरकारी विभाग हो, जसले प्रत्येक दिनमा नियमित चीनको धारणा विश्व सामु ब्रिफिङ गर्दै आएको छ ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया