'ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औँला उठाउने मान्छे होइन'

काठमाडौँ : नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले विपक्षीलाई कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,'राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौ मेरो यो अनुरोध छ ।'
वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारवाहीको बचाउ गरे । उनले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संबैधानिक भएको जिकिर गरे । उनले भने,'जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र बैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो औचित्य के रहन्छ प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संबैधानिक हुनजान्छ भन्ने मलाई लाग्छ ।'
सरकार बनाइदिनुपर्यो भनेर अदालतमा मुद्धा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्नेसमेत उनले दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पूर्वप्रधानमन्त्रीलाई ओलीलाई राष्ट्रियता विरोधी भनि प्रमाणित गरेर देखाउन चुनौतिसमेत दिए । उनले भने,'म चुनौति दिन चाहन्छु केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।'

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

संसदीय सुनुवाई समितिद्वारा सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको संसदीय …

संसदको रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयक, देशमा आगो बाल्ने चेतावनी

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

प्रतिक्रिया