मकै पोल्दै गुजारा चलाउँदै ४५ वर्षीय जैसरा

सुर्खेत : हातमा फलामको चिम्टा । मुखमा मास्क । टाउकामा रुमाल । निधारभरि पसिना रुमालले पुछ्दैै गुजारा चलाउँदै आएकी जैसरा विक मकै पोलेर बेच्न थालेको तीन वर्ष भयो । पुर्ख्यौली घर दैलेख भएपनि वीरेन्द्रनगर ७ सुर्खेत बस्दै आएकी जैसरा विकको साँझसम्म यसरी नै चोकमा बसेर मकै पोल्दै बेच्नु उनको दैनिकी बनेको छ ।
उमेरले ४५ वर्ष पुगेकी विक सधैँजसो सुर्खेतको व्यस्त चोक एरिचोकमा बसेर मकै पोल्दै चार जनाको परिवार पाल्दै आएकी छिन् । ‘बिहान नै मकैको बोरा काँधमा हाल्छु’, उनले भनिन्, ‘चार हजार कोठा भाडा छ, यसैले गुजारा चलाउँछु ।’
दिउँसो टन्टलापुर घाममा छातालाई छडीमा अड्काएर गर्मी छल्दै निधारभरिका पसिना रुमालले पुछ्दै र साँझ भएपछि छडीको छाता हटाएर दैनिक एक सयदेखि एक सय ५० मकै पोल्दै बेच्छिन् । विगत तीन वर्षदेखि नै यसरी नै मकै पोल्दै चार जनाकोे परिवार पाल्दै आएको नन्दकला बताउँछिन् । परिवारमा श्रीमान, एक छोरा र एक छोरी आफू गरेर चार जनाको परिवार छ । उनले भनिन्, ‘छोरा–छोरी दिउँसो स्कुल जान्छन्, श्रीमान घर बनाउने काम गर्नुहुन्छ । म दिनभरि मकै पोल्छु अनि श्रीमानले साँझ आएर सघाउनु हुन्छ ।’
जतिसुकै चर्काे घाम होस् वा बादल गर्जेर पानी पर्न लागेको अवस्था होस् काम नगरी जीवन गुजारा गर्न गाह्रो छ । केही महिलाहरूलाई तर नन्दकलालाई त्यसको कुनै परबाह छन् । सानो काम गर्न लजाउने हाम्रो समाजमा उदाहरणीय बनेका छन् । यी सडक छेउछाउमा जीविकोपार्जन गर्ने महिलाहरू, जसले न लाज मान्छन्, न गाह्रो अप्ठेरो । असारको टन्टलापुर घाममा पनि आगोको रापमा मकै पोलेर जीवन धान्दै आइरहेका छन् ।
मध्य दिनको चर्को घामको समेत परबाह हुँदैन, नन्दकलालाई । परबाह छ त उनलाई मकैका कति घोगा बिक्री भए । छिन छिनमा उनलाई बिक्री गरेर बचत भएको पैसाले सिङ्गो परिवारको जीवन चलाउने सोच मात्र आउँछ । मकै पोल्दै बिक्री गर्दै उनको जीवनयापनको बलियो आधारसमेत भएको छ । मकै पोलेर आफ्नो आधाभन्दा बढी जीवन बितेको उनी बताउँछिन् । ‘यिनै मकैका घोगालाई नै जिउने आधार बनाएको छु’ उनले भनिन्, ‘यो काम गरेन भने साँझ बिहान हातमुख जुटाउनै समस्या हुन्छ ।’
भनिन्छ, इच्छा भए उपाय अनेक त्यसको गतिलो उदाहरण हुन् नन्दकला । सुर्खेतको व्यस्त चोक एरिचोकमै बसेर दिनमा एक हजारदेखि पन्ध्र सयसम्म र मासिक दशदेखि पन्ध्रहजार कमाउँदै आएको उनी बताउँछिन् । नन्दकला जस्तै चोक छेउमा र सडक क्षेत्रमा थुप्रै महिलाहरूले मकै पोल्दै गुजारा चलाउँदै आएका छन् ।

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_LkAKgc76u2_b33rlmctzgzmg4dxe3cqxlevcoognplhyalk7to6glshwuh4uzg1mempvtx8.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_BSDay1weVu_zjy6w5bspal3lwmnfqq84tvtqlssp9tcwjfx4tzuitljgkvpbwopfpv41gvq.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आ…

प्रतिक्रिया