भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै

काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएम) ले आज बिहानको भूकम्पको धक्काबाट हालसम्म कुनै पनि मानवीय क्षति नभएको र क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको जनाएको छ ।
प्राधिरणले आज प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी आएको जनाएको हो । उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउन सक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलगायतलाई प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भूकम्पको केन्द्र नजिकैका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएको र क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको जानकारी दिए ।
प्राधिकरणले भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया