आर्थिक वर्ष सकिनै लाग्यो, कर्णालीमा जम्मा ३६ प्रतिशत बजेट खर्च

सुर्खेत : चालू आर्थिक वर्ष २०७७/०७८ सकिन लाग्दासम्म कर्णाली सरकारले बल्लतल्ल ३६ प्रतिशत बजेट खर्च गरेको छ । हालसम्मको खर्चको गति हेर्दा कर्णाली सरकारले चालू वर्षका लागि विनियोजित कूल बजेटको ५० प्रतिशत पनि खर्च गर्न नसक्ने देखिएको छ । कर्णाली सरकारले चालू आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको थियो ।
कर्णाली सरकारका विभागीय मन्त्रालयहरूले विनियोजित शीर्षकका कार्यक्रम कार्यान्वयन गर्न नसक्दा खर्च बढ्न नसकेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १७ दशमलव ८३ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । ६ अर्ब १८ करोड ४६ लाख ६८ हजारमध्ये मुख्यमन्त्री कार्यालयले एक अर्ब १० करोड २५ लाख ९८ हजार रूपैयाँ खर्च गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि विनियोजित कूल दुई अर्ब ४१ करोड ७३ लाख ५३ हजारमध्ये ४ दशमलव ४१ प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै, प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ३९ दशमलव ८७ प्रतिशत बजेट खर्चिएको छ । मन्त्रालयका लागि विनियोजित ११ अर्ब ३० करोड ७० लाख २४ हजार मध्ये चार अर्ब ५० करोड ८६ लाख ३२ हजार खर्च भएको छ ।
यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित दुई अर्ब २७ करोड ७४ लाख ८० हजारमध्ये जम्मा ४० दशमलव ४६ प्रतिशत बजेट कार्यान्वयन भएको छ । त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५० दशमलव ५२ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४० दशमलव ४५ प्रतिशत अर्थात् १६ करोड ८९ लाख ३५ हजार ४० रूपैयाँ खर्च गरेको छ । मन्त्रालयको ४१ करोड ७६ लाख ५३ हजार बजेटमध्ये उक्त रकम खर्च गरेको हो ।
यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित दुई अर्ब २७ करोड ७४ लाख ८० हजारमध्ये जम्मा ४० दशमलव ४६ प्रतिशत बजेट कार्यान्वयन भएको छ । त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५० दशमलव ५२ प्रतिशत बजेट खर्च गरेको छ ।
हालसम्म सामाजिक विकास मन्त्रालयले ४७ दशमलव ५, मुख्य न्यायाधिवक्ताको कार्यालयले ७३ दशमलव १७, प्रदेशसभाले ९५ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेका छन् । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमध्ये १२ अर्ब ३१ करोड ७० लाख ५० हजार एक रूपैयाँ खर्च गरेको छ । कर्णालीका ७९ वटै स्थानीय तहले यो अवधिमा ५१ दशमलव ५७ प्रतिशत बजेट खर्च गरेका छन् ।
‘

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया