लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश

विराटनगर - जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमतीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले अञ्जला कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भएकी थिइन्। आजै बयानपछि थुनछेक बहस भएको थियो ।
मोरङको धनपालथान– ४ को उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्नताको आरोप उनी माथि छ ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । अदालतले गत पुस २ गते उनी विरुद्ध पक्राउ पुर्जी जारी गरे पनि उनी सम्पर्क बाहिर रहेकी थिइन् ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया