अवैध मोबाइल सेट नचल्ने

काठमाडौँ : नेपाल दुरसञ्चार प्राधिकरणले एमडिएमएस लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको जानकारी दिए । साउन महिना मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको उनकाे भनाइ छ । प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अबैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन आग्रह गरे ।
अहिले मिडियामा आए जस्तो, विभिन्न सामाजिक संजालमा भेटिएको गलत सूचनामा विश्वास नगर्न प्राधिकरणका अध्यक्ष खनालले सचेत गराए । साउन महिनापछि भने आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम गर्न नसक्ने भएकोले दर्ता गर्न अनुरोध गरे । आगामी साउन १ गतेदेखि मोबाईल डिभाईस म्यानेजमेण्ट सिस्टम लागू हुने भएकाले अवैध रुपमा भित्रिएका मोबाईल सेट नचल्ने उनको भनाइ छ । नेपाल सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दा एमडिएमएस लागू गर्ने घोषणा गरेको छ । एमडिएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाईल सेट चल्दैनन् । त्यस्ता मोबाइलमा सिम कार्ड राखे पनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडिएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताइएको छ ।
मोबाईल फोन आयातकर्ता संघका अध्यक्ष समेत रहेका नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक कुमार मल्होत्राले एमडिएमएस प्रणाली लागू भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताए । करिब ४० अर्बको मोबाइल कारोबारमा १३ अर्बको कारोबार अबैध हुने बताइन्छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_4LnPtapeui_xfpl0lltij6jjyth9vekintkvrqkvukvj5sjz5pmv0nra9uswdolj7gytklj.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया