रविलगायतको मुद्दामा आज आदेश आउन सक्ने
पोखरा- सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आजै आदेश आउने सम्भावना देखिएको छ ।
सो मुद्दाका सबालमा वादी प्रतिवादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरेपछि सम्भवतः आजै आदेश आउन सक्ने देखिएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान हिजो साँझ सकिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन् ।
आज सरकारी वकिलले जवाफी बहस गरेपछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती
धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान वितरण

प्रतिक्रिया