शितलहरका कारण रौतहटका विद्यालयहरू बन्द

रौतहट- मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द हुन् थालेका छन् ।
बिहानैदेखि लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरि विद्यालय बन्द गर्न थालिएको हो ।
रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधबारदेखि पर्सी शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरि सकेको छ । जिल्ला सदरमुकाम गौर, इशनाथ ,फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउपालिकाले भने मंगलवार नै एक सुचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।
चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको सूचनामा उल्लेख गरिएको छ।
लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले उक्त पालिका भित्र रहेको सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा ३ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको सम्बन्धित पालिकाहरुले जनाएका छन् । जिल्लाको १८ स्थानिय तह मध्ये अधिकांशले बिद्यालय बन्दको सूचना जारी गरिसकेको छ।
पछिल्लो एक सातादेखि मधेश प्रदेशमा बिहानै देखी चल्ने शितलहरको कारण अत्यधिक चिसो बढेर मानिसको जनजीवन प्रभावित भइरहेको छ ।

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया