तिब्बतमा भूकम्पपछि कति गयो परकम्प ?

ल्हासा- दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो ।
भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनस्र्थापना गरिएको छ ।
चाइनिज रेड क्रस सोसाइटी (आरसिएससी) ले मङ्गलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्री पठाएको छ । यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेड लगायत चार हजार तीन सय वस्तुहरू समावेश छन् ।
आरसिएससीद्वारा आपत्कालीन सरसफाई शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपत्कालीन प्रतिक्रिया सामग्रीहरू सहित ५० भन्दा बढी उद्धारकर्मीहरू पनि प्रभावित क्षेत्रमा पठाइएका छन् । (सिन्ह्वा)

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि
पोर्चुगलका पूर्वप्रधानमन्त्री सुक्रेट्समाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता

फिनल्याण्डमा छुरा प्रहारबाट कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

प्रतिक्रिया