वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर

काठमाडौँ- इङ्लिस क्लब वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर नियुक्त भएका छन् ।
बुधबार मात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको सो क्लबले पोर्टरलाइ नियुक्त गरेको हो । समाचार अनुसार पोर्टरले साढे दुई वर्षको सम्झौता गरेका छन् ।
सन् २०२३ मा अर्को इङ्लिस क्लब चेल्सी छाडेयता पोर्टर क्लबविहीन अवस्थामा रहेका थिए ।
लोपेटेगुइले मात्रै ६ महिना वेस्टह्यामको प्रशिक्षण सम्हाल्ने मौका पाए । इङ्लिस प्रिमियर लिगमा वेस्टह्याम २० खेलमा २३ अंकका साथ १४औं स्थानमा छ ।

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा

एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ

प्रतिक्रिया