न्यायाधीश सामू रविले भने- थुनामुक्त गरिदिनुहोस्, पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु
पोखरा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् ।
जिल्ला अदालत कास्कीमा आरोपीलाई कुरा राख्ने समय दिएपछि अदालतको इजालासमा उनले सो प्रतिवद्धता जनाएका हुन् ।
‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, विगतमा गृहमन्त्री हुँदा पनि मैले कुनै शक्तिको दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन,’ न्यायाधीश समक्ष लामिछानेले प्रतिवद्धता जनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाई अदालत लगिएको थियो ।
उनीहरूको थुनछेकदेखि जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिएपछि सबै ७ आरोपीलाई जिल्ला अदालत कास्की लगिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी कयान हिजो साँझ सकिएको थियो । बिहीबार सबै आरोपीलाई कुरा राख्न समय दिइएको थियो ।
रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेकोलगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन् । आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया