आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ। 

सांसद शिशिर खनालको संयोजकत्वमा गठित उपसमितिमा समितिका सदस्यत्रय छिरिङ ल्हामु लामा (तामाङ), योगेश गौचन थकाली र सुनिता बराल छन्।

बैठकले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको बृहत्तर विकासको कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ। पर्यटन प्रवर्द्धनका निम्ति विविध जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा जातीय र धार्मिक सङ्ग्रहालय स्थापना गर्नुपर्नेमा बैठकले जोड दिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए।

पुरातात्विक सम्पदा उत्खननका साथै मन्त्रालयअन्तर्गत सार्वजनिक–निजी साझेदारीमा सञ्चालित आयोजनाको  प्रभावकारिता अध्ययन गरी त्यसको जानकारी समितिलाई उपलब्ध गराउन पनि उक्त मन्त्रालयलाई  बैठकले निर्देशन दिएको छ। 

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न सम्बद्ध निकायहरुबीच सम्झौता गर्ने, नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयन गर्ने, राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई शीघ्र अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि बजारीकरण योजनासहितको रणनीतिक कार्ययोजना बनाएर त्यसको जानकारी समितिलाई दिन निर्देशन पनि दिएको छ।

देशका विभिन्न जिल्लामा रहेका वायु सेवा निगमको स्वामित्वका जग्गा तथा भौतिक सम्पत्तिको उपयोग योजना तयार गरी चाँडोभन्दा चाँडो कार्यान्वयन गरेर समितिलाई जानकारी दिन निर्देश गरेको छ।

त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले  निगममा  समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताए।

मन्त्री पाण्डेले निगमका विमान निर्धारित समयमा नै विमान उड्छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी भएको बताए। नेपाल वायु सेवा निगमलाई सुधार गर्न आफ्नो र मन्त्रालयका तर्फबाट हरसम्भव प्रयत्न भइरहेको उनले दोहोर्‍याए।

समितिका सदस्य माधवकुमार नेपालले नेपाल वायु सेवा निगमका कामलाई गुणस्तरीय बनाउन सुझाव दिदैँ निजीकरणले मात्र समस्या समाधान नहुने तर्क गरे। निजी विमान कम्पनी नाफामा जाने तर नेपाल वायुसेवा निगम घाटामा जानुको कारणको अध्ययन गरी सुधारका कदम अविलम्ब चाल्नुपर्नेमा जोड दिएका थिए। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीचको सम्बन्ध सुमधुर नहुँदा पनि समस्या बढेको उनले बताएका थिए। 

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…