मछिन्द्रको लगातार दोस्रो जित

काठमाडौं - मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
एन्फा यु–१६ युथ लिगमा मछिन्द्रले बिहीबार एफसी खुमलटारविरुद्ध २–० को सहज जित निकालेको हो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन हिमाल थिङ र सौगात कुमार बम्जनले समान एक एक गोल गरेका थिए ।
खेलको ८२औं मिनेटमा हिमालको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो भने त्यसको दुई मिनेटपछि नै सौगातले अर्को गोल गर्दै टोलीका लागि दोस्रो जित पक्का गरेका हुन् ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अकं जोडेको मछिन्द्र शीर्षस्थानमा उक्लिएको छ । दुवै पराजित खुमलटार भने अंकविहीनको अवस्थामा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया