रवि, छवि र रामबहादुरले बुझाए धरौटी

काठमाडौँ - कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित सात प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दियो ।
उक्त आदेशअनुसार प्रतिवादी कृष्णबहादुर गुरुङ, पूर्वसांसद मीना गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर छुटिसकेका छन् । कृष्ण र मीना बाबुछोरी समेत हुन् । उनीहरूमाथि जनही क्रमशः एक लाख र पाँच लाख रुपैयाँ धरौटी तोकिएको थियो । आरतीको हकमा पनि धरौटी पाँच लाख रुपैयाँ नै तोकिएको थियो । यी तीनजना रिहा भइसकेपछि रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले पनि बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् ।
रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको थियो । लीला पछाईको हकमा भने भोलि मात्रै हुने बताइएको छ । पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ । उनी कारागार चलान भइसकेकी छिन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया