ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै

काठमाडौँ - क्रेमलिनले अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको ग्रिनल्यान्डमाथिको दाबीलाई नजिकबाट नियालिरहेको सरकारका एक प्रवक्ताले बताएका छन् । साथै क्रेमलिनले हाल यो केवल बयानबाजीमै सीमित रहेकोमा राहत व्यक्त गरेको छ ।
ट्रम्पले मङ्गलबार एक पत्रकार सम्मेलनमा आर्कटिक टापुको नियन्त्रण लिन सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार गरेन । उनले यसअघि डेनमार्कले आफ्नो स्वायत्त क्षेत्र हस्तान्तरण गर्न अस्वीकार गरे उच्च भन्सार महसुल लगाउने चेतावनी दिएका थिए ।
“हामी परिस्थितिको यो नाटकीय विकासलाई धेरै नजिकबाट हेरिरहेका छौँ, यो भगवानको कृपाले अहिलेसम्म बयानको स्तरमा मात्र छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “हामी यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न इच्छुक छौँ र यस शान्ति र स्थिरताका लागि कुनै पनि पक्षसँग सहकार्य गर्न तयार छौँ ।”
उनले सन् २०२२ मा जनमत सङ्ग्रहका आधारमा रुसले चार युक्रेनी क्षेत्र विलय गरेको तर्फ इङ्गित गर्दै ग्रिनल्यान्डका जनताको इच्छाबारे पनि सोधिनुपर्ने सुझाव दिए । “हामीले यी मानिसहरूको विचारप्रति पनि त्यस्तै सम्मान देखाउनुपर्छ”, उनले भने ।
पश्चिमी देशहरू र किएभले युक्रेनका चारवटा क्षेत्रमा रुसले गरेको विलयलाई अवैध र जनमत सङ्ग्रहलाई नक्कली भनी निन्दा गरेका थिए ।
ग्रिनल्यान्ड युरोपेली संघ (इयु) को सदस्य डेनमार्कको खनिज समृद्ध स्वायत्त क्षेत्र र २७ सदस्यीय ब्लकको सम्बद्ध क्षेत्र हो ।
ट्रम्पले मङ्गलबार छुट्टै पनामा नहरको नियन्त्रण हासिल गर्न सैन्य बल प्रयोग गर्ने र छिमेकी क्यानाडाविरुद्ध आर्थिक बल प्रयोग गर्ने सुझाव दिनुभएको थियो । पनामा नहर संयुक्त राज्य अमेरिकाले दिवङ्गत राष्ट्रपति जिमी कार्टरको कार्यकालमा पनामालाई फिर्ता गरेको थियो ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया