काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने

काठमाडौं - उच्च अदालत पाटनमा सञ्चारगृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले प्रेस काउन्सिल नेपालविरुद्ध दायर गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो ।
“मिति २०८१/९/१९ को यस अदालतबाट भएको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजहरुको प्रतिलिपि मगाई मिसिल सामेल राख्नू” आदेशमा भनिएको छ, “प्रस्तुत निवेदनमा प्रत्यर्थीका तर्फबाट लिखित जवाफसमेत प्राप्त भइसकेको देखिँदा पूर्ण सुनुवाइका लागि नियमानुसार पेस गर्नू ।”
अदालतले यही पुस १९ गते सर्वोच्च अदालतमा यसअघि चलेको उत्प्रेषणको रिट निवेदन, लिखित जवाफ एवं सो रिटमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको प्रतिलिपि र अन्तरिम आदेशसम्बन्धी छलफलका लागि पेस गर्न आदेश गरेको थियो ।
काउन्सिलले उक्त सञ्चारगृहलाई गलत र भ्रामक सूचना सम्प्रेषण गरेको, नियामक निकायलाई अटेर गरेको उल्लेख गर्दै सो सञ्चारगृहलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध उक्त सञ्चार गृहले उच्च अदालतमा रिट दायर गरेको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया