पाख्रिबासमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

धनकुटा- धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको पाख्रिबास नगरपालिका ३ स्थित पाख्रिबास-हिले सडकखण्डको जौटारमा बिहीबार राति करिब ९ बजे को १ ज २६३९ नम्बरको पिकअप ३ वटा सुंगुर लिएर पाख्रिबासबाट हिलेतर्फ जाँदै गर्दा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चालक पाख्रिबास ९ उत्तरपानीका का ३९ बर्षिया शुक्र बहादुर तामाङ र सहचालक सिरहाको लाहान ५ का २४ वर्षीया प्रमोद मल्लिक रहेका छन् ।
सहचालक मल्लिकको दुर्घटनास्थलमै मृत्यु भएको र चालक तामाङलाई जिल्ला अस्पताल पुराउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
दुर्घटनाग्रस्त पिकअप घटनास्थलमै रहेको साथै तीन सुंगुर जिवितै छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रतिक्रिया