भारत सरकारले माइक्रोसफ्टसँग मिलेर पाँच वर्षमा १ करोड जनालाई तालिम दिने

काठमाडौँ- भारत सरकारको आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रम इकाई इन्डिया एआईले माइक्रोसफ्टसँग मिलेर पाँच लाख जनालाई तालिम दिने भएको छ । इन्डिया एआई र माइक्रोसफ्टले सन् २०२६ सम्ममा विद्यार्थी, शिक्षक, विकासकर्ता, सरकारी अधिकारी र महिला उद्यमीसहित पाँच लाख व्यक्तिलाई एआईमा तालिम दिने सहमति गरेको छ ।
इन्डिया एआई र माइक्रोसफ्टले सन् २०२६ सम्ममा विद्यार्थी, शिक्षक, विकासकर्ता, सरकारी अधिकारी र महिला उद्यमीसहित ५ लाख व्यक्तिलाई एआईमा तालिम दिन साझेदारी गरेको छ, कम्पनीका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
'हामीले गत वर्ष २० लाख मानिसहरूलाई तालिम दिने घोषणा गरेका थियौं । हामीले २४ लाखलाई तालिम दिइसकेका छौं । हामीले आगामी पाँच वर्षमा १ करोड मानिसहरूलाई तालिम दिने घोषणा गरेका छौं' माइक्रोसफ्टका भारत र दक्षिण एशियाका अध्यक्ष पुनित चन्दोकले भने 'हामीले इन्डिया एआई मिसनसँग एमओयूमा हस्ताक्षर गरेका छौं र त्यसको एक भागको रूपमा ५ लाख मानिसहरूलाई तालिम दिइनेछ ।'

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

प्रतिक्रिया