लिब्जु सामुदायिक क्याम्पसले पायो स्नातकमा शिक्षा संकाय सञ्चालन अनुमति

काठमाडौं-ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा-५ स्थित लिब्जु सामुदायिक क्याम्पसले स्नातक(ब्याचलर) तहमा शिक्षा संकाय सञ्चालनको अनुमति पाएको छ। पूर्वाञ्चल विश्वविद्यालयले उक्त संकाय सञ्चालनको लागि अनुमति दिएकाे वडा-५ का वडाअध्यक्ष राम कुमार राईले जानकारी दिए।
उनले विश्वविद्यालयले सञ्चालन अनुमति दिएसँगै यसै वर्षबाट शैक्षिक कार्यक्रम सञ्चालन हुने बताए। ‘पूर्वाञ्चल विश्वविद्यालयले हामीलाई सञ्चालनको लागि अनुमति दिइसकेको छ,त्यसैले यसै वर्षबाट पठनपाठन सुरू हुन्छ’,उनले भने।
उनका अनुसार गत आर्थिक वर्षदेखि स्नातक तहमा शिक्षा र व्यवस्थापन संकाय अन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्बन्धनका लागि पूर्वाञ्चल विश्वविद्यालयमा माग गरिएको थियो। तर,विश्वविद्यालयले व्यवस्थापन संकायको भने अनुमति दिएको छैन। ‘अब यसको लागि पनि अनुमति पाउँछौँ होला भन्ने आश छ’,उनले भने। उनका अनुसार यो क्याम्पस सञ्चालन गाउँपालिकाको लगानीमा हुने छ।
‘लिब्जु सामुदायिक क्याम्पसको आफ्नै बनेको छैन।त्यसैले तत्काललाई चाही भगवती माविसँग भाडा सम्झौता गरि पढाइ सुरू गरिने छ । सम्झौता पनि भइसकेको छ’,उनले भने।
शैक्षिक कार्यक्रम सञ्चालनको लागि अनुमति पाएसँगै क्याम्पसको आफ्नै भवन बनाउन जग्गाको खोजीकार्य सुरू गरिएको उनको भनाइ छ। गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार जिल्लामै पहिलो र फरक मोडालिटिमा याे क्याम्पस सञ्चालन हुने छ । वर्षेनी उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाबाट विद्यार्थीहरू पलायन हुने परिस्थिति रोकिने उनको अपेक्षा छ ।

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व आवश्यक छ : गीता क्षेत्री राणा

प्रतिक्रिया