आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड

जनकपुरधाम - राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकार आचारसंहिताको पूर्ण पालना गरेर सञ्चारकर्मीले समाचार संकलन एवं सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।
मिडिया काउन्सिल मधेस प्रदेश जनकपुरधामको सहयोगमा यहाँस्थित रासस मधेस प्रदेश कार्यालयद्वारा आज यहाँ आयोजित ‘बदलिँदो परिवेशमा पत्रकारिताको दायित्व र राससको भूमिका विषयक’ दुईदिने तालिम समापनका अवसरमा उहाँले व्यावसायिक एवं मर्यादित पत्रकारितामा जोड दिए ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष झाले पत्रकार आचारसंहिताको पालना नगर्दा सञ्चार क्षेत्रमा विकृति एवं विसङ्गति उत्पन्न हुने भएकाले राज्यप्रतिको दायित्व पत्रकारहरुले बिर्सन नहुने बताए ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै कार्यकारी अध्यक्ष झाले लोकतन्त्रका उपलिब्धको रक्षामा पनि पत्रकारहरू सचेत रहनुपर्ने विचार व्यक्त गरे । उनले राष्ट्रको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा पत्रकारले जिम्मेवारीपूर्वक कलम चलाउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष राजेशकुमार कर्णले पत्रकारिता क्षेत्रको समस्या तथा चुनौतीका विषयमा जानकारी गराउँदै राससका पत्रकारले लिएको पत्रकारिता तालिमलाई व्यवहारमा लागू गर्नेुपर्ने आग्रह गरे ।
कार्यक्रमको सभापतित्व गर्नुभएका मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले आफ्नो संस्था मिडिया काउन्सिलले मधेस प्रदेशमा पत्रकार आचारसंहिता र पत्रकारको क्षमता विकासका लागि निरन्तर कार्यगरी रहेको जानकारी दिँदै पत्रकारको समस्या समाधानमा संघ, प्रदेश तथा स्थानीय निकायले आआफ्नो तहबाट पत्रकारको वृत्तिविकासमा जोड दिनुपर्ने बताए ।
सो अवसरमा रासस मधेस प्रदेशका प्रमुख सुरेश झा, राससका निमित प्रमुख समाचारदाता नारायण न्यौपाने तथा रासस अङ्ग्रेजी सम्पादक कृष्ण सापकोटाले राससको समाचारका साथै विभिन्न कार्यबारे जानकारी दिएका थिए ।
सो दुईदिने तालिममा सहभागी भएका राससमा कार्यरत कर्मचारी तथा पत्रकाहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । मधेस प्रदेशअन्तर्गत राससका पत्रकार तथा कर्मचारी गरी ३० जनाको सहभागिता थियो ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया