शाहरूख, सलमानका बर्डीगार्डले लिन्छन् २ करोड बढी पारिश्रमिक

मुम्बई- बलिउड स्टारहरूले आफ्नो सुरक्षाको विशेष ख्याल राख्नुपर्छ, त्यसैले सलमान खानदेखि शाहरुख खानसम्म सबैको व्यक्तिगत अंगरक्षक हुन्छ ।
तर, जसको सबैभन्दा बढी चर्चा सलमानका अंगरक्षक शेरा र शाहरुखका अंगरक्षक रवि सिंहको हुने गर्दछ । हालैको पोडकास्टमा युसुफ इब्राहिमले यी दुईको कमाईको बारेमा धेरै खुलासा गरेका छन् ।
युसुफ इब्राहिम एक प्रसिद्ध सुरक्षा सल्लाहकार हुन्। उनले आफ्नो करियरको शुरुवाती दिनदेखि नै आलिया भट्ट र वरुण धवनलगायत धेरै ए–ग्रेड सेलिब्रेटीलाई सुरक्षा प्रदान गर्दै आएका छन्।
हालै एक पोडकास्टमा प्रख्यात टिभी होस्ट सिद्धार्थ कन्ननले युसुफ इब्राहिमलाई सोधे कि शाहरुखका अंगरक्षक रवि सिंहले वार्षिक २.७ करोड भारु तलब पाउँने गरेका छन । इब्राहिमको जवाफ थियो, यो सम्भव छैन । अर्थात् युसुफ इब्राहिमका अनुसार रवि सिंहको तलबलाई लिएर चलिरहेको समाचारको कुनै औचित्य छैन ।
तर सलमानका अंगरक्षक शेराको वार्षिक २ करोड कमाइको बारेमा सोध्दा युसुफले अर्कै जवाफ दिए । शेराको पनि आफ्नै सुरक्षा निकाय रहेको उनले बताए । यस बाहेक उनी धेरै व्यवसायमा पनि संलग्न छन्, त्यसैले सम्भव छ कि उनले यति धेरै आम्दानी गर्दैछन्। शेराको वास्तविक नाम गुरमीत सिंह जोली हो र उनी करिब दुई दशकदेखि सलमान खानको अंगरक्षकको रूपमा रहेका छन् । शेराले टाइगर सेक्युरिटीको नाममा आफ्नो एजेन्सी चलाउँछन् ।
उता, अक्षय कुमारका अंगरक्षक श्रेयसे ठेलेले वार्षिक १.२ करोड कमाउने बताइएको छ । यसबारे युसुफ इब्राहिमले भने, ‘मसँग उनको व्यक्तिगत जानकारी छैन । मासिक रुपमा हेर्दा १० देखि १२ लाख रुपैयाँ हुन पनि सक्छ । वास्तवमा यो सुटिङ कार्यक्रम वा प्रमोशनको बिलिङ के भइरहेको छ, अंगरक्षकको तलब कति छ र सेलिब्रिटीहरूले महिनामा कति दिन काम गर्छन् आदिमा भर पर्छ ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_g4VACZqKqB_go5mwgtmt477p6wmey5r07vgz4qjf2fgulerzr9jcdwcgk6uyokexje5qena.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया