निजामती सेवामा आरक्षणलाई प्राथमिकतामा राख्न संवैधानिक आयोगका प्रमुखहरूको सुझाव

काठमाडौँ - विभिन्न संवैधानिक आयोगका प्रमुखहरूले संघीय निजामती सेवामा आरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि धारणा राख्दै उनीहरूले जनसंख्याको आधारमा निजामती सेवामा आरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।
बैठकमा आदिवासी जनजाति आयोगले आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संविधानको मर्म र भावना विपरीत आरक्षणलाई अवमूल्यन गर्न नहुने बताए । उनले समानुपातिक व्यवस्थाको हत्या गर्ने वा त्यसबाट पछि हट्न नहुने उल्लेख गरे ।
त्यस्तै थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले निजामती सेवा विधेयकमा समावेशीकरणलाई फितलो रुपमा प्रस्तुत गर्न खोजेको आशंका व्यक्त गरे ।
त्यस्तै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्लस्टर अनुसार छुट्न गएको अवस्थामा अर्को विज्ञापनमा क्षतिपूर्ति दिने गरि विज्ञापन आह्वान गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै अन्य आयोगका प्रतिनिधिहरूले पनि महिला आरक्षणलाई समेत थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विभिन्न सरोकारवाला निकायसँग निरन्तर छलफल गर्दै आएको छ ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया