इजरायलले गाजामा सम्पूर्ण शिक्षा प्रणालीलाई ध्वस्त पारेको छ : मलाला युसुफजाई

काठमाडौँ - नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले गाजामा इजरायलले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै विरोध गर्न जारी राख्ने बताएकी छिन् ।
“गाजामा इजरायलले सम्पूर्ण शिक्षा प्रणाली नै नष्ट गरेको छ”, पाकिस्तानले आयोजना गरेको र दर्जनौँ देशका प्रतिनिधिहरूले भाग लिएको मुस्लिम राष्ट्रहरूमा बालिका शिक्षा सम्बन्धी विश्वव्यापी शिखर सम्मेलनमा बोल्दै उनले भनिन्, “उनीहरूले सबै विश्वविद्यालयमा बमबारी गरेका छन्, ९० प्रतिशतभन्दा बढी विद्यालय ध्वस्त पारेका छन् र विद्यालय भवनहरूमा आश्रय लिइरहेका नागरिकहरूलाई अन्धाधुन्ध आक्रमण गरेका छन् । म इजरायलले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लंघन गरेको भन्दै निरन्तर आवाज उठाउनेछु ।”
शिक्षा अभियानका कारण आक्रोशित पाकिस्तानी उग्रवादीहरूले १५ वर्षकी विद्यार्थी हुँदा युसुफजाईमाथि गोली प्रहार गरेका थिए । बेलायत लगिएपछि उनले उल्लेखनीय स्वास्थ्यलाभ गरिन् र १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता बनिन् ।
“प्यालेस्टिनी बालबालिकाहरूले आफ्नो जीवन र भविष्य गुमाएका छन् । यदि एक प्यालेस्टिनी बालिकाको विद्यालयमा बमबारी गरिन्छ र उनको परिवार मारिन्छ भने उनले आफूले पाउनुपर्ने भविष्य पाउन सक्दिनन्”, उनले भनिन् ।
गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको थियो । आक्रमणमा इजरायली पक्षका अधिकांश सर्वसाधारणसहित एक हजार २०८ जनाको मृत्यु भएको थियो ।
आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए । तीमध्ये ९४ जना अझै गाजा पट्टीमा छन् र त्यसमा पनि इजरायली सेनाले ३४ जनालाई मृत घोषित गरेको छ ।
गाजामा इजरायलको जवाफी सैन्य कारबाहीमा हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार ४६ हजार ५३७ जनाको मृत्यु भएको छ, जसमा अधिकांश नागरिक छन् । संयुक्त राष्ट्रसंघले यी आँकडालाई विश्वसनीय मानेको छ ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया