पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका पाँच वटा समितिका बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरबारस्थित परिसरमा बस्ने छन् ।
जसअनुसार आज अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफलले निरन्तरता पाउनेछ । जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुइ वटा अजेन्डामा छलफल हुनेछ । जसअनुसार पहिलो अजेन्डामा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट भएको पछिल्लो वैदेशीक भ्रमण सम्बन्धमा छलफल गरिनेछ भने दोस्रो अजेन्डामा परराष्ट्र मन्त्रालयको आर्थिक बर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमामा छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०:३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयकका सबन्धमा सुचना तथा सञ्चार मन्त्रालयसँग सबन्धित बुदाँमा छलफल हुनेछ ।
दिउँसो १२:३० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगंगा विश्वबिधालय सबन्धी बिधेयकमा छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुनेछ । जसका लागि स्वास्थ्य मन्त्री प्रदिप पौडेललगायतलाइ आमन्त्रित गरिएको समितिले जनाएको छ ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया