आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

अमेरिकी आगलागी : ज्यान गुमाउनेको संख्या २४ पुग्यो

काठमाडौँ- अमेरिकामा लागेको आगलागीमा परेर अहिलेसम्म २४ जनाको मृत्यु भएको छ ।

गत मंगलबारदेखि सुरू भएको आगलागीमा परेर अमेरिकाका लस एन्जलस र क्यार्लिफोनियामा आगलागीमा परेर २४ को मृत्यु भएको हो ।

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ ।

हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप ८ जनाको मृत्यु भएको अध्यावधिक गरेको हो । थप शव भेटिन सक्ने भन्दै खोजी कार्य जारी राखिएको छ ।