मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, भोली कार्यदलको पहिलो संयुक्त बैठक

काठमाडौं- तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलाई तीब्रता दिएका छन् । संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन ।
जसअनुसार मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैँछ । साे बैठकमा अशाेक राइ नेतृत्वकाे जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालवाट राजकिशोर यादव सहभागी हुनेछन् ।
उता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहने छन भने जनमत पार्टीवाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ ।
यसैगरी, संसद बाहिर रहेका दलहरू मध्ये जन प्रगतिशील पार्टीबाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराइ मधेस लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लालले उपस्थित जनाउने छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया