महाकुम्भ सुरूः ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन

प्रयागराज- भारतको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान सुरू भएको हो । बिहान ९ः ३० बजेसम्म ६० लाख भक्तजनले स्नान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आज मात्रै १ करोड भक्तजन आउने अपेक्षा उत्तर प्रदेश सरकारले गरेको छ । भक्तजनमा २० क्विन्टल फूल चढाइनेछ । १४४ वर्षमा दुर्लभ खगोलीय संयोजनमा महाकुम्भ हुन लागेको हो ।
प्रयागराजमा देशका कुना–कुनाबाट भक्तजन आउने क्रम जारी रहेको छ । कुम्भमा स्नान गर्न विदेशी भक्तजनको भीड लागेको छ । स्थानिय प्रशासनका अनुसार जर्मनी, ब्राजिल, रुसलगायत २० देशबाट भक्तजन आइ पुगेका छन् । संगममा हरेक घण्टा २ लाख भक्तजन स्नान गर्ने गरी ब्यवस्था मिलाइएकाे छ ।
आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् । संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ । सवारी साधनको प्रवेश बन्द गरिएको छ । भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०–१२ किलोमिटर पैदल हिँडेर संगम पुगिरहेका छन् । ६० हजार सैनिक सुरक्षा व्यवस्था कायम गर्न खटिएका छन् ।
साथै, एप्पलका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स महाकुम्भमा पुगेकी छन् । उनले निरञ्जनी अखाडामा अनुष्ठान गरेकी छिन । अब कल्पवास पनि गर्ने छिन्।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया