बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन : पराराष्ट्र मन्त्री राणा

काठमाडौं - परराष्ट्र मन्त्री आरजु राणाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई)’ सम्झौता ‘लोन’ नभएको बताएकी छिन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जारी बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन् ।
‘प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएको बिआरआई सम्झौतामा ऋण लिने बारे कुनैपनि कुरा उल्लेख गरिएको छैन, जसरी ऋण लिनेगरी सम्झौता भयो भनिदैं आएको छ, यो तथ्यहीन छ,’ उनले सांसदहरूको प्रश्नको जवाफ दिदैँ भनिन्,’सम्झौतामा ग्रान्ड र एड भन्ने शब्द मात्र प्रयोग गरिएको छ, ‘लोन’ भन्ने शब्द कही कतै छैन, सय पटक पढे पनि लोन शब्द भेटिन्न ।’
प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमणको क्रममा चीनसँग सो सम्झौता भएको थियो । बरू, काठमाडौंमा राजनीतिक सहमति गरेर चीनमा एकरूपता कायम गरिएको उनले जनाएकी छिन् ।

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया