विपिन जोशीको रिहाइका लागि पहल भइरहेको छ - परराष्ट्रमन्त्री राणा

काठमाडौं - परराष्ट्रमन्त्री आरजु राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल भइरहेको बताएकी छिन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशी सकुशल रहेको भन्दै रिहाइका लागि पहल भइरहेको बताएकी हुन् ।
युद्धबन्दीलाई छाड्ने क्रममा विपिन जोशीलाई छाड्नका लागि आफूले कूटनीतिक तवरबाट पहल गरिरहेको उनले बताइन् । त्यस्तै उनले रुस–युक्रेन युद्धमा फसेका नेपालीहरूलाई समेत सकुशल फिर्ता गर्नका लागि अनुरोध गरिएको जानकारी दिइन् ।
त्यस्तै परराष्ट्रमन्त्री राणाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठक राख्न समेत पहल गरिरहेको तर भारतबाट सकारात्मक जबाफ नआएको जानकारी दिइन् । सार्कको मुख्य बैठक बस्न नसकेपछि अन्य क्रियाकलापहरू भने जारी रहेको उनको भनाइ छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया