संसदमा डा. शेखरले बेलायतीलाई भनेः नेपालको उर्जा, पर्यटन , कृषि र प्रविधिका क्षेत्रमा लगानीमा गर्नु

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले बेलायतलाई नेपालको उर्जा, पर्यटन जलविद्युत, कृषि र प्रविधिका क्षेत्रमा लगानीमा गर्न आग्रह गरेका छन् । सोमबार उनले बेलायतको संसद भवन वेस्ट मिन्सटरमा सम्बोधन गर्दै बेलायतका लगानीकर्तालाई उर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
नेपाल विश्वका द्रुतगतिमा आर्थिक विकास गरिरहेका ठूला बजार भएका दुई देशका बीचमा अवस्थित रहेकाले ती दुबै देशले हामीलाई व्यापारमा धेरै सुविधा दिने कोइरालाले उल्लेख गरेका थिए । उनले यस्तो अबस्थामा बेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
‘बेलायत नेपालको प्रखुम व्यापारिक साझेदार हो । तथ्यांकले नेपाल धेरैनै व्यापार घाटामा रहेको देखाउँछ । संयुक्त अधिराज्यको इन्ह्यान्स फ्रेमवर्क स्किम अन्तर्गत प्राथमिकता प्राप्त बजार सुविधा हुँदा नेपाली उत्पादनहरुको उपलव्धता बेलायती बजारमा बढाउनुपर्ने देखिन्छ,’ उनले भने ।
नेपाली डायस्पोरालाई लक्षित गर्दै उनले चिकित्सक, नर्स, वकिल, विमान चालक, इन्जिनियर, एकाउन्टेन्ट र आतिथ्यताका क्षेत्र लगायत सबै क्षेत्रमा काम गर्ने नेपालीहरुले यहाँको चलायमान अर्थतन्त्रलाई अझ गतिशील बनाउन मदत गरिरहेको प्रस्ट पारे । ‘बढ्दो संख्याका नेपाली मुलका साथीहरु यहाँको चुनाव र चुनावी प्रकृयामा भाग लिइरहेको थाहा पाउँदा खुशी लागेको छ,’ उनले अगाडि थपे ।
नेपालमा संकट परेको बेलामा वेलायतले गरेका निरन्तर सहयोगले हाम्रा दुई देशको सम्बन्धलाई असल मित्रका रुपमा अझ प्रगाढ बनाएको उनले स्मरण गरे । म आफैं एउटा चिकित्सक र राजनीतिकर्मी भएकोले बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिडको बेलामा सहयोग गरेकोर देखेको छु,’ उनी भन्छन्,’ त्यो बेलामा बेलायती विशेषज्ञहरुले गरेको सेवा र प्रदान गरेका उपकरणहरु हाम्रा लागि अत्यन्त उपयोगी रहे । यस्ता व्यवहारका कारण हाम्रो वेलायतीहरु प्रतिको श्रद्धा अझ बढेको छ ।‘

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया