विशेषको फैसलामा चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा आयोगको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझेको भन्दै आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
यस्तै प्रतिवादी सचिनकुमार भदैसवार रहेको भ्रष्टाचार मुद्दामा पनि विशेष अदालतले गरेको फैसलामा चित्त नबुझाई आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषले भदैसवारको मुद्दामा २०८० चैत २५ गते फैसला गरेको थियो ।
विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै आयोगले पछिल्ला दिनमा नियमित सर्वोच्चमा पुनरावेदन गर्दै आएको छ । सोमबारमात्रै आयोगले विशेषले गरेको तीन वटा फैसलाविरुद्ध पुनरावेदन गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया