शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

पोखरामा मानसिक अस्पताल स्थापना गर्न पहल

गण्डकी- पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि प्रारम्भिक तयारी थालेका हुन् ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यक भएको बताए ।

‘गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ, जुन अत्यन्त दुःखद् छ,’ उनले भने,’रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्नेगरी मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि तयारी अगाडि बढाइएको हो ।’ पोखराको सिर्जनाचोकमा रहेको जिल्ला समन्वय समितिको जग्गामा उक्त केन्द्र निर्माण गर्न छलफल भइरहेको उनको भनाइ छ ।

हालै सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखलगायतको बैठकले केन्द्र निर्माणका लागि आवश्यक सबै तयारी र पहल अगाडि बढाउने निर्णय गरेको मन्त्री पाठकले बताए । ‘यो विषयमा मुख्यमन्त्री र अन्य विकास साझेदारसँग पनि छलफल भइसकेको छ, गण्डकी प्रदेशमा मानसिक अस्पताल बनाउनुपर्नेमा सबैको एकमत छ, यसमा हामी निरन्तर लागिपर्छौँ ।’

जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि विभिन्न प्रारम्भिक छलफल चलिरहेको बताए । ‘प्रदेश सरकार र जिससको संयुक्त पहलमा काम अगाडि बढाउनेगरी चरणबद्ध रूपमा छलफल भइरहेको छ, यसले साकार रुप लिनेमा हामी आशावादी छौँ,’उनले भने,’रोगको उपचार गर्ने अस्पतालका रूपमा मात्र नभएर समग्र मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा हाम्रो जोड छ ।’

अन्य अस्पतालहरूबाट मानसिक रोगको उपचार तथा परामर्श सेवा प्रदान गरिए पनि गण्डकी प्रदेशमा मानसिक रोगसम्बन्धी छुट्टै विशिष्टीकृत अस्पताल अहिलेसम्म बनेको छैन ।

प्रदेशको स्वास्थ्य मन्त्रालयको अल्पकालीन योजनामा भने प्रदेश सरकार मातहतका अस्पतालमा मानसिक रोगको उपचार सेवाको विस्तारका साथै मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने उल्लेख छ ।

मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरेको छ ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…