चितवन र नवलपरासीमा डुबानको खतरा

काठमाडौँ : भारी वर्षाका कारण चितवन र नवलपुर क्षेत्रमा बाढी तथा डुबानको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चितवनको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा बिहान भारी बर्षा भएको र थप हुनसक्ने हुँदा खहरेखोलामा आकस्मिक बाढी जानसक्ने महाशाखाले जनाएको छ । यस्तै नदी तटिय क्षेत्र र डुबान हुने क्षेत्रमा जोखिम भएकाले सतर्क हुन पनि महाशाखाले आग्रह गरेका छ ।
यस्तै नवलपरासीको अरुङग र आसपासको क्षेत्रमा पनि भारी वर्षा भइरहेकाले डुबानको सम्भावना छ । सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने, तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा विपद्को जोखिम भएकाले सतर्क हुन महाशाखाले जनाएको छ ।

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्कियो

बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु
‘प्यारोल’बाट ३७ कैदी छुटे

प्रतिक्रिया