अर्थसहित संघीय संसदका ४ समितिका बैठक बस्दै

काठमाडौं- संघीय संसदका चार समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अर्थसहित चार समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्ने छन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने बिहान ११ः ३० बजेवाट सुरू हुनेछ । जहाँ नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुने जनाइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डाले निरन्तरता पाउनेछ । जसअनुसार तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान ११ः ०० बजेबाट सुरू हुनेछ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया